Wednesday, January 22, 2025

कटहरिया नगरपालिकाद्वारा २३२ जना छात्रालाई साइकल वितरण

पछिल्लाे समाचार


रौतहट , २१ मंसिर //
कटहरिया नगरपालिकाले आफ्नै स्रोतमा छात्राहरुलाई साइकल वितरण गरेको छ।

प्रदेश सरकारको लोकप्रिय कार्यक्रम ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियान अन्तर्गत कटहरिया नगरपालिकाको कुनै पनि विद्यालयका छात्राहरुले साइकल नपाएपछि नपाले आफ्नै स्रोतमा छात्राहरुलाई साइकल वितरण गरेको हो।

नगरपालिकाले पाँचवटै माध्यमिक विद्यालयका छात्राहरुलाई साइकल वितरण गरेको कटहरिया नगरपालिकाका नगर प्रमुख सियाराम कुशवाहाले बताएका छन्।
उनका अनुसार भसेढवा, कटहरिया र बगहीमा पहिलेदेखि नै संचालनमा रहेका माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत सबै छात्रालाई साइकल प्रदान गरिएको हो ।
यसैगरी बलिरामपुर र जमुनियामा यसै शैक्षिक सत्रदेखि माध्यमिक तह संचालनमा आएकाले कक्षा ९ मा अध्ययनरत सबै छात्राहरुलाई साइकल प्रदान गरिएको छ।

नगरभित्रका माध्यमिक तहमा अध्ययनरत छात्रामध्ये माथिल्लो कक्षाका छात्राहरुलाई नगरपालिकाको स्रोतबाट साइकल प्रदान गरिएको कटहरियाका शिक्षा शाखाका संयोजक अनिलकुमार निधिले बताएका छन्। नगरपालिकाका २३२ जना छात्राहरुलाई साइकल प्रदान गरिएको संयोजक उनको भनाइ छ।

नगरपालिकामा संचालित माध्यमिक तहका सबै विद्यालयमा नै पुगेर नगर प्रमुख तथा प्रशासकीय अधिकृत र शिक्षा शाखा प्रमुखसमेतको टोलीले अभिभावक र शिक्षकहरुको उपस्थितिमा साइकल वितरण गरेको बताइएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु