Sunday, January 26, 2025

उखुको मूल्य नतोक्दै मिल सञ्चालनको तयारी

पछिल्लाे समाचार


रौतहट , १३ पुष //
सरकारले उखुको मूल्य नतोक्दै पुस १५ देखि चिनी उत्पादकले मिल सञ्चालनको तयारी गरेका छन् ।

उखुको बिक्री मूल्य नतोकिँदै मिलहरुले उखु क्रसिङ्का धमाधम पुर्जी वितरण गर्न थालेको छ । बिहीबारदेखि चिनी मिल संचालनमा ल्याउँने १० वटा मिल तयारीमा रहेको छ ।

उखु पेलेर चिनी उत्पादन गर्ने मिल चलाउन तोकिएको मिति दुई दिन मात्रै बाँकी रहेको तर, सरकारले मिलका लागि चाहिने उखुको न्यूनतम् बिक्री मूल्य अझै पनि तोक्न सकेको छैन ।

सरकारले किसानलाई सस्तो मूल्यमा उखु बिक्री गर्न बाध्य पार्ने गरी अन्तिम घडीमा मूल्य तोक्न लागेका कारण उखु किसानहरु चिन्तित छन् ।
किसानले आफ्नो लागतअनुसार माग गरेको भन्दा प्रतिक्वीन्टलमा १२६ रुपैयाँ कममा मूल्य सरकारले तोकेको भन्दैँ सो मूल्य नमान्ने निर्णय महासंघले गरेको अध्यक्ष कपिलमुनि मैनालीले जानकारी दिए ।

मूल्य तोक्नेबारेको छलफलमा किसान प्रतिनिधिलाई तीन पटक काठमाडौं बोलाएर दुःख दिएको तर किसानको हित विपरीत मूल्य निर्धारण गर्न लागिएको उखु किसान संघर्ष समिति सर्लाहीले जनाएको छ ।

देशभरका विभिन्न जिल्लामा रहेका कुल १३ मध्ये यो वर्ष १० वटा चिनी मिलले उखु क्रसिङ गरेको संघका उपाध्यक्ष राजकुमार अग्रवालले जानकारी दिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु