Thursday, January 23, 2025

इलेक्टोनिक होलसेल पसलमा आगलागी ,लाखौको क्षति

पछिल्लाे समाचार


सर्लाही , २५ मंसिर //
सर्लाहीको हरिवनमा रहेको इलेक्टोनिक होलसेल पसलमा आगलागी हुँदा लाखौको क्षति भएको छ।

गएराती हरिवन नगरपालिका–८, का बिक्रम नेपालले हरिवन नगरपालिका–११, बजारस्थित मधु कुमारी थापाको घरमा सर्टर भाडा लिएर राखेको होलसेल पसलमा आगलागी भएको हो ।

शुक्रबार राती साँढे १ बजेतिर भएको आगलागी बाट पसलभित्र बिक्रीका लागि राखिएको टिभी, फ्रिज लगायतका सरसामग्री जल्दा ५० लाख बढीको क्षति भएको पीडित नेपालले बताएका छन्।

आगलागीमा परेर पसल बाहिर पार्किङ गरेर राखिएको नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष टंकबहादुर क्षेत्रीको ज २ प ८५७६ नम्वरको मोटरसाइकल समेत पूर्णरुपमा जलेको छ ।

आगलागी भएको पसलमाथि क्षेत्री नै अध्यक्ष रहेको उज्यालो अभियान दैनिक पत्रिकाको कार्यालय सञ्चालन हुँदै आएको छ । क्षेत्री कार्यालयमै मोटरसाइकल राखी केहिदिन अघि काठमाण्डौं गएका थिए ।

आगलागी स्थानीयवासी, दमकल र प्रहरी मिलेर करिव १ घण्टापछि नियन्त्रणमा लिएका थिए । आगलागी को कारण यकिन हुन नकसेपनि विद्युत् सर्ट भएर भएको हुनसक्ने आशंका गरिएको ईलाका प्रहरी कार्यालय हरिवनले जानकारी दिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु