Friday, January 31, 2025

आठौँ अधिवेशनबाट प्रदेशको नाम र राजधानी टुंगो लगाउने मुख्यमन्त्री राउतको प्रतिवद्धता

पछिल्लाे समाचार


जनकपुरधाम , २९ मंसिर //
प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले आठौँ अधिवेशनबाट प्रदेशको राजधानी र नाम टुंगो लगाउने प्रतिवद्धता जनाएका छन् ।
आजदेखि सुरु भएको प्रदेश नं. २ को आठौं अधिवेशनलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले प्रदेशको राजधानी र नाम टुंगो लगाउने विश्वास व्यक्त गरेका हुन् ।
मुख्य मन्त्रि राउतले प्रदेश नं. २ को राजधानी र नाम टुंगो लगाउन सरकारमा रहेका विभिन्न विचारधारा बोकेका र राजनीतिक पृष्ठभूमि भएकाहरूलाई एक भएर अगाडि बढ्न आग्रह गरे ।

प्रदेशको नाम र राजधानीको निकास दिनका लागि सरकारमा सहभागी नेताहरुसँग समेत छलफल अगाडी बढाएको उनले जानकारी दिए ।
मुख्यमन्त्री राउतले प्रदेशको नामाकरण नहुँदा प्रदेश नं. २, दुई नम्बर प्रदेश आफैलाई घोँच्याउने गरेकाले यस अधिवेशनमा नामाकरण र राजधानीको टुङ्गो लगाउने प्रतिवद्धता व्यक्त गरे ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु