Thursday, January 23, 2025

अमरेश सिंह महाधिवेशन प्रतिनिधिमै पराजित

पछिल्लाे समाचार


सर्लाही , २२ मंसिर //
सर्लाही क्षेत्र नम्बर ४ मा भएको अधिवेशनबाट अमरेश सिंह महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । मंगलबार भएको अधिवेशनबाट सिंह २४८ मत मात्रै ल्याएर महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन्।

सभापतिका दाबेदार शेखर कोइरालानिकट मानिने उनी मधेसी कोटामा सहमहामन्त्रीको उम्मेदवार बन्ने तयारीमा थिए । सर्लाही क्षेत्र नम्बर ४ बाट सभापति शेरबहादुर देउवा पक्षको प्यानल नै विजयी भएको सर्लाही काँग्रेस सभापति नगेन्द्र रायले बताएका छन्।

क्रियाशील सदस्यताकै विवादले यहाँ पटकपटक कार्यकर्ताबीच झडप र प्रहरीले हवाइफायरसमेत गर्नुपरेको थियो।

सर्लाहीका प्रतिनिधि सभा क्षेत्रमा अझै अधिवेशन सकिएको छैन।
सर्लाही कांग्रेस सभापति नागेन्द्रकुमार रायले क्षेत्र नम्बर ३ मा उम्मेदवारी फिर्ता लिने समय आज रहेको बताए।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु