Wednesday, January 22, 2025

सहमती पछि परिवारले शव बुझे

पछिल्लाे समाचार

रौतहट ,६ पुस / /

टिपरको ठक्करबाट मृत्यु भएका खेदु चौधरीको परिवारलाई १६ लाख क्षतिपुर्ति दिने सहमति पश्चात पिडित परिवारले शव बुझेका छन् ।
टिपर धनी गुगल निर्माण सेवाका सञ्चालक रामु खनालले चौधरीको परिवारलाई १६ लाख रुपैयाँ दिने सहमति गरेका छन ।
सोमबार अबेर रातिसम्म इलाका प्रहरी कार्यालय विजयपुरमा भएको छलफलमा १६ लाख रुपैयाँ क्षतिपुर्ति दिने सहमति भएको इन्स्पेक्टर विष्णु विश्वकर्माले जानकारी दिएका छन ।
आइतबार राति रौतहटको फतुवाविजयपुर–११ हिमालीबासमा टिपरको ठक्करबाट मोटरसाइकल चालक चौधरीको मृत्यु भएको थियो ।
घटनापछि सोमबार दिउँसो गाउँलेहरुले दोषीको कारबाही, मृतक परिवारलाई क्षतिपुर्ति लगायतको माग राख्दै प्रदर्शन गरेका थिए । उनीहरुले प्रहरी कार्यालय माथि ढुङ्गामुढा प्रहार गर्दा २ जना प्रहरी घाइते भएका थिए भने आन्दोलनलाई नियन्त्रणमा लिन प्रहरीले ३ राउन्ड अश्रुग्याँस प्रहार गरेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु