सर्लाही , २२ मंसिर //
सर्लाहीको क्षेत्र नं. ४ मा नेपाली कांग्रेसको क्षेत्रीय सभापतिमा रामआश्रय साह निर्वाचित भएका छन् ।
सभापतिका अर्का उम्मेदवार हरेन्द्र सहनीलाई पराजित गर्दै साह क्षेत्रीय सभापतिमा निर्वाचित भएका हुन्।
संस्थापन पक्षका साहले ५१७ मत ल्याएका छन् भने संस्थापन इतर पक्षका सहनीले २२७ मत ल्याएका छन् ।
बिजयी साह संस्थापन पक्षका वीरेन्द्र प्रसाद सिंह र पराजित भएका सहनी संस्थापन इतर पक्षका डा. अमरेश कुमार सिंहको तर्फबाट उम्मेदवार बनेका थिए ।
क्षेत्र नं. ४ को हिजो गोडैतास्थित रामवनमा मतदान भएको थियो ।क्षेत्र नं. ४ मा सांसद डा. अमरेश कुमार सिंह आफै महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्