Thursday, January 23, 2025

समयमा तलब नपाएको भन्दै फतुवा बिजयपुर नगरपालिकाको शिक्षा शाखामा तालाबन्दी

पछिल्लाे समाचार


रौतहट २, पुस । बिगत पाच महिना देखि तलब नपाएको भन्दै रौतहटको फतुवा बिजयपुर नगरपालिकाको शिक्षा शाखामा तालाबन्दी गरेका छन । सो नगरपालिका अन्तर्गत पर्ने स्कुलमा नियमित रुपमा विद्यालयमा अध्ययन अध्यापन गराउदै आएपनि शिक्षक शिशिकाहरु तलवको माग गर्दै तालाबन्दी गरेका हुन् ।माध्यमिक विद्यालय दुधिअवाका कर्मचारी गोविन्द चौधरीको अगुवाईमा गएको शिक्षक तथा कर्मचारीहरुले नगरपालिकाको कर्मचारीलाई बाहिर निकालेर शुक्रबार दिउँसो १ बजे शिक्षा शाखामा तालाबन्दी गरेको सरस्वती प्राविका प्रधानाध्यापक सुबोध यादवले बताए । तलबको माग गर्दै शिक्षक शिक्षिका तथा कर्मचारीहरु गत मंसिर २५ गतेदेखि चरणबद्ध आन्दोलन गर्दै आएका छन ।
फतुवा बिजयपुरका मेयर गोपाल यादव लगायत जनप्रतिनिधिले तलब निकासा गराउन कुनै पहल नगरेको तथा नगर शिक्षा संयोजक हरेन्द्र यादव सधैं अनुपस्थित रहने गरेको गुनासो शिक्षकहरुले गरेका छन् । तलबको माग गर्दै शिक्षक शिक्षिका तथा कर्मचारीहरु गत मंसिर २५ गतेदेखि चरणबद्ध आन्दोलन गर्दै आएका छन । आइतवार सम्म मागको सुनुवाई नभए सोमवार फतुवा बिजयपुर नगरपालिका कार्यालयको मुलगेटमा तालाबन्दी गर्ने पीडित शिक्षक तथा कर्मचारीले चेतावनी दिएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु