रौतहट १७,मंसिर । लैंगिक हिंसा विरुद्धमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले शक्ति समूहले ‘कचहरी’ नाटक प्रदर्शन गरेको छ । लैंगिक हिंसाबाट पीडितहरु कसरी मानव बेचबिखनको अवस्थामा पुग्न सक्छन् भन्ने जानकारी दिन नाटक प्रदर्शन गरिएको हो।
लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको सन्दर्भमा मनोरन्जन क्षेत्रमा कार्यतर श्रमिक महिलामाथि हुने दुर्व्यवहार सम्बन्धी कचहरी नाटक प्रदर्शन गरिएको हो । सो सडक नाटक UNODC आर्थिक सहयोगमा प्रर्दशन गरिएको हो ।
शक्ति समूहकी अध्यक्ष चरिमाया तामाङको अध्यक्षतामा भएको कचहरी नाटक प्रदयर्शनमा बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ९ की कार्यवाहक वडाध्यक्ष सुमित्रा त्रिपाठी तथा मनोरन्जन क्षेत्रमा कार्यरत महिला तथा बेचविखन प्रभावितहरुको उपस्थिति थियो ।