Thursday, January 23, 2025

रौतहटका आधारभुत विद्यालयको अवस्था नाजुक

पछिल्लाे समाचार


रौतहट , २५ मंसिर //
रौतहटमा रहेका आधारभुत विद्यालयको अवस्था नाजुक बन्दै गएको छ। चन्द्रपुर नगरपालिका वडानं २ मा रहेका कक्षा ५ सम्म पठन पाठन हुने दुई वटा आधारभुत विद्यालयमा विद्यार्थी संख्या न्युन छ ।

विद्यार्थी संख्या कम भएका कारण एउटै कक्षामा तीन ,चार र पाँच कक्षाको पठन पाठन हुने गरेको छ । चन्द्रपुरको वडानं २ स्थित कुस्वार टोलमा रहेको दिपज्योती आधरभुत विद्यालयमा शुक्रबार ८ जना विद्यार्थीहरु लाई पढाउन का लागि २ जना शिक्षिका खटेका थिए।
सोहि दिन विद्यालयका प्रधानाध्यापक मनिष चौबे विद्यालयमा थिएनन् र उनको अलावा मोहन महत ,सरिता कुस्वार र सन्जु कुस्वार कार्यरत छन् ।

विद्यालयको रजिष्टरमा बाल कक्षा देखी ५ कक्षा सम्म ८५ जना विद्यार्थी भएपनि नियमित रुपमा आँउने विद्यार्थीको संख्या भने ८ देखी १० जना मात्र रहेको शिक्षिका सरिता कुस्वारले बताइन।

विद्यालयमा नियमित ८ देखी १० जना मात्रै विद्यार्थी आएपनि सो विद्यालयले नगरपालिकाबाट मासिक रुपमा ८५ जनाको दिवा खाजा भत्ता लिदै आएको छ । ८५ जना विद्यार्थीको नाममा विद्यालयले दिवा खाजा ,पाठ्य पुस्तक र छात्रबृती रकम नगरपालिकाबाट लिने गरेको छ ।

१० जना विद्यार्थीलाई खाजा दिएर पनि सो विद्यालयका प्रधानाध्यापक र शिक्षा शाखाका कर्मचारीको मिलेमतोमा मासिक ३३ हजार ७५० रुपैया रकम हिनामिना हुने गरेको बुझिएको छ।
सो विद्यालयको अवस्थाका बिषयमा चन्द्रपुर नगरपालिकाको शिक्षा शाखाले ध्यान नदिएको स्थानीयको भनाइ छ । यस्तै सोही वडामा रहेको कृषक समुह आधारभुत विद्यालयको रजिष्टरमा विद्यार्थी संख्या १२५ जना उल्लेख रहेको भएपनि नियमित आउने विद्यार्थी संख्या १५ देखी २० जना छन् ।

प्रयाप्त भौतीक संरचना रहेको सो विद्यालयमा पनि कक्षा तीन ,चार र पांचका विद्यार्थीलाई एउटा कोठामा राखेर पढाउने गरेको छ भने कक्षा एक र दुईका विद्यार्थीलाई एउटा कोठामा राखेर पठन पाठन गराईदै आएको र अन्य पाँच वटा कोठा खालि नै रहेको शिक्षक राजदेव महतोले बताए।
शुक्रबार सो विद्यालयमा पनि शिक्षक राजदेव महतो र शिक्षिका नागिना यादव मात्र विद्यालयमा थिए । चारजना शिक्षकको दरबन्दी रहेको सो विद्यालयमा प्रधानाध्यापक सतिस कुमार साह र शिक्षिका बिन्दु कुमार चौधरी अनुपस्थित थिए ।
उक्त विद्यालयले मासिक रुपमा दिवा खाजाको नाममा चन्द्रपुर नगरपालिबाट १२५ जना विद्यार्थीको नाममा ५६ हजार २५० रुपैया लिने गरेको छ । विद्यालयले मूस्कीलले २० जना विद्यार्थीको खाजामा मासिक ९ हजार खर्च गरेर अरु रकम अनियमिता गर्ने गरेको पाइन्छ।

यता सो बिषयमा चन्द्रपुर नगरपालिकाको शिक्षा शाखाका अधिकृत दिपेन्द्र मण्डलले आफुले पहिला ती विद्यालयमा अनुगन गर्ने तथा त्यस्तो गरेको पाईएमा नगरपालिकाबाट ती विद्यालयले लिदै आएको दिवा खाजा लगाएतको अनुदानमा कटौती गर्ने समेत बताएका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु