रौतहट , १९ मंसिर //
नाडा अटोमोबाइल्स एशोसियशनको आगामी अध्यक्षका लागि उम्मेद्वारी दिएका करण चौधरीलाई देश भरिकै सोनालिका क़ा ड्रिष्टीब्युटर रवि जयसवाल ले साथ दिएका छन्।
चौधरीले सबै यस संस्थामा आवद्द ब्यवासीयहरुको समस्यालाई समाधान गर्ने मेरो मुख्य एजेण्डा बोकेकोले आफुले साथ् दिएको जयसवाल ले बताए ।
सबैको हक हितका लागि काम गर्ने लगायत कोरोनाको महामारीलाई नियन्त्रण गर्दै कसरी व्यवसायमा अगाडि बढाउन सकिन्छ भनेर काम गर्ने, मूल्यसूचि न्यून हुन गएको छ यसलाई माथी उकास्न पहल गर्ने लगायतका अटोमोबाइल व्यवासयीहरुको हक हितका लागि काम गर्ने बिश्वास रहेकोले आफुले साथ् दिएको जयसवालको भनाई छ ।
नाडा अटोमोबाइल्स एशोसियशनको आगामी अध्यक्षका लागि सिजी होल्डिङ्स तथा सिजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले अध्यक्षका लागि उम्मेद्वारी घोषणा गरेका छन् ।
नाडा सात वटै प्रदेशमा विस्तार भइसकेको अवस्थामा सवै प्रदेश संरचनालाई अझै व्यवस्थित र बलियो बनाई नाडालाई संस्थागतरुपमा दरिलो बनाई अगाडि बढाउने उद्देश्यका साथ उम्मेद्वारी दिएको बुझिएको छ ।
चौधरी अहिले नाडाको कार्यसमितिमा उपाध्यक्ष रहेका छन्।
अटोमोवाइल व्यवसाय भनेको सरकारलाई सर्वाधिक कर बुझाउने एवं निजी क्षेत्रमा ठूला रोजगार प्रदान गर्ने व्यवसाय भएको हुनाले सरकार र व्यवसायी दुवैको उच्चतम हितमा काम गर्न मिल्ने सहज वातावरण बनाउन सरकारको नितिगतरुपमा समेत अटो व्यवसायलाई कसरी सहज बनाउने भन्ने कुरामा काम गर्ने समेत उनको उद्देश्य छ।
उनले कोरोना महामारी र लकडाउनका कारण नेपालका अटोमोवाइल व्यवसाय संकटमा परेकाले यस व्यवसायको पुनरुत्थानसँगै यस क्षेत्रमा नयाँ आकर्षण, नयाँ उत्साह ल्याउन जरुरी रहेको बताएका छन्।
हाल नाडाको अध्यक्षमा कृष्णप्रसाद दुलाल रहेका छन्।
नेपाल अटोमोबाइल डिलर एसोसिएसन (नाडा)को आगामी मंसिर २२ र २३ गते हुने ४५ औं वार्षिक साधारण सभा हुँदैछ ।