Friday, January 31, 2025

युनिसेफद्वारा दुर्गा भगवती गाँउपालिकामा दलित तथा बिपन्नलाई नगद सहयोग

पछिल्लाे समाचार


रौतहट , १४ पुष //
रौतहटको दुर्गा भगवती गाँउपालिकामा दलित तथा बिपन्न परिवारलाई १० हजारको दरले नगद रकम वितरण गरिएको छ ।
गाँउपालिकाका युवा अध्यक्ष अरुण साहको सक्रियतामा युनिसेफ ले सो पालिकाको ५ वटै वडाका ४ सय ३४ दलित परिवारलाई १० हजारको दरले नगद वितरण गरिएको हो।


युनिसेफले सो रकम दलित परिवारका महिला तथा बच्चाहरुका लागी पोषिलो आहारका लागि वितरण गरेको हो ।
प्रदेश नम्बर २ को ५ वटा पालिकामा लागु रहेको सो परियोजना रौतहटको दुर्गा भगवतिमा समेत लागी ल्याउन अध्यक्ष साहको पहल रहेको बुझिएको छ ।


गाँउपालिका प्रमुख साहले आफ्नो स्थानिय तहको न्युन बजेटबाट गाँउपालिका बासीको चाहना अनुसार सबै थोक समेटन नसकेपनि विभिन्न दातृ निकायको सहयोगमा यस किसिमको परियोजना संचालन भई राख्दा गरिब असाहय जनतालाई राहत पुग्ने बताए ।


युनिसेफको “कैश प्लस” परियोजनाको लागी दुर्गा भगवति गाँउपालिका छनौट गरिएको प्रति प्रमुख साहले युनिसेफ लाई धन्यवाद व्यक्त गरेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु