Friday, January 24, 2025

मनोरन्जन क्षेत्रमा कार्यरत श्रमिक महिलालाई आत्मरक्षाका लागि शक्ति समूहको तालिम

पछिल्लाे समाचार

रौतहट १८,मंसिर । शक्ति समूहले मनोरन्जन क्षेत्रमा कार्यरत श्रमिक महिलालाई आत्मरक्षाका लागि दुई दिने तालिम दिएको छ। महिला हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत सो तालिम दिईएको हो। आत्मरक्षा तालिममा सहभागी किशोरी तथा युवतीहरुले आत्मरक्षाका लागि तालिम र हौसला मिलेको बताएका छन् । तालिममा मनोरन्जन क्षेत्र (रेष्टुरेन्ट, डान्सबार, क्लब) मा काम गर्ने श्रमिक महिलाले आफूमाथि हुने हिंसाविरुद्ध के गर्ने ? महिला हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा सो क्षेत्रमा काम गर्ने श्रमिक महिलाहरुले एउटा कुरा सिकेका छन्– त्यो हो आत्मरक्षाका लागि प्रतिकार
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा शक्ति समुहले मनोरन्जनका क्षेत्रमा कार्यरत श्रमिक महिला तथा मानववेचविखन प्रभावितहरुको लागि २ दिने आत्मरक्षा तालिम संचालन गरेको थियो।
लैंगिक हिंसाले मानव बेचबिखन निम्त्याउँन सक्ने भएकाले यस्ता खालका तालिमले समाजमा हुनसक्ने विभिन्न समस्यालाई न्यूनिकरणमा मद्दत गर्ने मानव बेचबिखन अनुसन्धान ब्यूरोकी डिएसपी अन्जना श्रेष्ठले बताइन् । यस्ता तालिमका लागि व्युरोले पनि सहयोग गर्ने उनको भनाइ थियो ।
शक्ति समुहले लैंगिक हिंसा विरुद्धको सबालमा सदैब आवाज उठाउँदै आएको र मानव बेचविखन न्यूनिकरणका लागि पहिला लैंगिक हिंसालाई निर्मूल पार्न सघाउनका लागि तालिम आयोजना गरिएको शक्ति समुहकी संस्थापक तथा अध्यक्ष चरिमाया तामाङले बताइन् ।
तालिममा मनोरन्जन क्षेत्रमा कार्यरत ५० भन्दा बढि श्रमिक महिला सहभागी थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु