Friday, January 24, 2025

बिभिन्न अपराध हुनबाट बच्न रौतहट प्रहरीको अनुरोध

पछिल्लाे समाचार

मुकेश कुमार साह,रौतहट १०,पुस ।
जिल्ला प्रहरी कार्यलय रौतहटले बिभिन्न अपराध हुनबाट बच्न अनुरोध गरेका छन् । प्रहरीले कुनै पनि अपरचित्त व्यक्तीहरुले मोबाईल फोन प्रयोग गर्नको लागी मागेमा नदिन साथै दिनै पर्ने बाध्याता भएमा मोबाईल माग्ने व्यक्तीको पहिचान खुल्न सक्ने सम्पुर्ण विवरण लिई मात्र दिन अनुरोध गरेका हुन् । यस्तो गरेमा मोबाईल चोरी तथा साईबर अपराध हुनबाट बच्न सकिने रौतहटका प्रहरी प्रमुख बिनोद घिमिरेले बताएका छन् ।

उनले Whatsapp , Imo, Messenger, Viber, Facebook वा अन्य कुनै सोशल मिडिया मार्फत तपाइको नाममा लौटरी चिठ्ठा परेको छ,त्यो रकम लिन तपाईलाई केही रकम बुझाउनु पर्छ भनेको खण्डमा रकम नबूझाई वा नदिई तुरुन्त नजिकको प्रहरी कार्यालयमा सम्पर्क राख्न समेत अनुरोध गरेका छन् । यस्ता ठगि तथा अपराध वाट बच्न जिल्ला प्रहरी कार्यालय रौतहटको कन्ट्रोल रुमको मो. ९८५५०४०९९९ र निशुल्क फोन १०० नं. मा जानकारी दिनु हुन् प्रहरी प्रमुख घिमिरेले अनुरोध गरेका हुन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु