Friday, January 24, 2025

बाल-बिवाह न्यूनीकरणमा पत्रकारको भुमिका सम्बन्धी तालिम गौरमा सम्पन्न

पछिल्लाे समाचार

रौतहट ,११ पुष // बालविवाह न्यूनीकरणमा पत्रकारको भूमिका सम्बन्धी तालिम गौरमा सम्पन्न भएको छ । संचारिका समुह काठमान्डौद्धारा आयोजित “बालविवाह न्यूनीकरणमा पत्रकारको भूमिका” विषयक पत्रकारहरुको लागि दुई दिने तालिम आइतबार गौरको सिया प्यालेशमा सम्पन्न भएको हो । संचारिका समुहको अध्यक्ष नितु पंडितले हाम्रो मुलुकमा अशिक्षा, गरिवी, दाइजो प्रथाको कारण बालविवाहको घटना हुने गरेको बताए । उमेर नपुगेको अवस्थामा बालविवाह गर्दा महिला माथि मानसिक, शारिरीक, बौद्धिक विकासमा नकारात्मक असर पर्ने हुँदा वालविवाह गर्नबाट अभिभावकहरु सचेत हुनुपर्नेमा उनले जोड दिईन । अध्यक्ष पंडितले बालबाविवाहबाट समाजिक कुरिती एवं पुरानो रुढीवादी मान्यतालाई प्रौत्साहित गर्ने भएको हुँदा बालविवाह विरुद्ध संचारकर्मीहरु सचेत भएर आवाज उठाई समाजबाट यस्ता कुरितीहरुलाई निर्मुलीकरणमा जोड दिन आग्रह समेत गरिन । यस्तै समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथिको रुपमा आमन्त्रित गौर नगरपालिकाको मेयर अजयकुमार गुप्ताले बाल विवाह हुनुमा प्रमुख कारक तत्व अशिक्षा रहेको बताए । शिक्षा विनाको सध्य एवं सभ्य समाजको परिकल्पना गर्न नसकिने बताउदै आफू निर्वाचित भएर पद सम्हालेको केही समयमै बालविवाह विरुद्ध ठूलो सचेतना कार्यक्रममा गौरमा गरेको सम्झना गर्दै त्यस कार्यलाई अभिभावक समक्ष पुर्याउनमा संचार क्षेत्रको भुमिका महत्वपूर्ण रहने भएको हुँदा संचार क्षेत्रमा लागेको संचारकर्मीहरु निर्भिकता पूर्वक यस्ता कुरिती एवं विसंगतिको विरुद्ध कलम चलाउन आग्रह गरे । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले विभिन्न भौगोलितक परिवेश अनुसार एवं अभिभावकमा कम चेतनाको कारण बाल विवाह हुने गरेको तथ्यलाई नकार्न नसकिने जिकिर गर्दै विहेवारी गराउने पंडित लगाएत अगुवाहरुलाई राज्यले निर्धारण गरेको उमेर भन्दा कम उमेरका बालबालिकालाई विहेवारी नगराउन तथा यदि गराएमा कानुन बमोजिम कारवाहीको भागी हुनुपर्ने जस्ता जनचेतना जगाएमा बाल विवाहलाई न्यूनिकरण गर्न सकिने बताए । रौतहटका प्रहरी प्रमुख एसपी विनोद घिमिरेले कम पढेलेखेका वा निरक्षर परिवारमा बाल विवाह हुने गरेको त्यसमा पनि दलित समुदाय वा मुस्लिम समुदायमा बालविवाहको प्रथा पूर्ण रुपमा हटिनसकेको कारण वाल विवाह हुने गरेको तथ्य हाम्रो समाजमा ज्वलन्त रुपमा रहि आएको बताए। स्कूल पढ्ने स्कूले बालबालिकाहरु घरबाट भागिरहेको अवस्वस्था अभिभावकहरु अपहरण, शरिर बन्धक जस्ता मुद्दा लिएर आउने गरेको तर फरक विषय बस्तु भएको हुँदा त्यस्ता मुद्दा दर्ता गरिए समाजमा झन् विकृति विसंगती बढ्ने उनले बताए । उनले समाज साक्षर भएमा आफै विस्तारै बाल विवाह निरुत्साहित हुने बताए । यस्तै अधिवक्ता लक्ष्मी पोख्रेलले बालबिबाह गर्दा हुने कानुनी जटिलता तथा सरकारले निर्धारण गरेको उमेर भन्दा कम उमेरमा बिबाह गर्दा कुनै पनि मानिस कानुनी परिबन्धमा पर्ने जानकारी गराइन । नेपाल पत्रकार महासंघ रौतहट शाखाको अध्यक्ष प्रेमचन्द्र झाले बालविवाह न्यूनिकरण गर्न संचारक्षेत्रले खेल्नुपर्ने भुमिका खेल्न तयार रहेको बताउदै त्यस्ता समाचार सम्प्रेशन गर्दा संचारकर्मीहरु माथि आइपर्ने जोखिमलाई कम गराउन स्थानीय प्रहरी प्रशासनको भूमिका संचार क्षेत्र माथि सकारात्मक हुनुपर्ने महसुस गरे । संचारिक समुहकी कोषाध्यक्ष एवं रेडियो नेपालको समाचार वाचिका सिमा शर्माले धन्यवाद ज्ञापन गरेका थिए । बालविवाह न्यूनीकरणमा पत्रकारको भुमिका सम्बन्धी दुई दिने तालिममा गौर, गरुडा, कटहरिया, चन्द्रपुर नगरपालिका र दुर्गा भगवती गाउपालिका गरी २२ जना पत्रकारहरुको सहभागिता रहेको थियो ।

यस्तै सोही अवसरमा गौरका नगर प्रमुख अजय गुप्ताले प्रदेशको महिला क्रिकेट खेलाडी गौर २ कि मधु राउत र गौर ३ कि मोनिका साहलाई क्रिकेट किट हस्तान्तरण गरेका छन । पहिलो पटक रौतहटको किशोरीहरु क्रिकेट खेलमा प्रदेश हुदै राष्ट्रिय स्तरको प्रतियोगितामा पुगे पछि नगर प्रमुख गुप्ताले उनीहरुलाई किट प्रदान गर्ने घोषणा गरेका थिए । सोही घोषणा अनुरुप आज खेल सामग्री उपलब्ध गराएको मेयरले बताए ।

यस्तै गौरमा रहेको इलेक्ट्रोनिक्स प्लाजाले दुवै खेलाडीलाई नगद पुरस्कार प्रदान गरेको छ । खेलाडीको हौसला बढाउनका लागी नगद पुरस्कार उपलब्ध गराएको इलेक्ट्रोनिक्स प्लाजाका संचालक संतोष केशरीले बताए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु