Sunday, January 26, 2025

बरामदी काठ लिलाम नहुदा कुहिन थाल्यो

पछिल्लाे समाचार


रौतहट , २८ मंसिर //
डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरमा वर्षौंदेखि थुपारिएका काठ कुहिँदै गएको छ।

वन कार्यालयले समयमै लिलाम गर्न नसक्दा करोडौं राजस्व आउने काठ कामै नलाग्ने भएको छ।

सो काठ डिभिजन वनका तत्कालीन प्रमुख अर्जुन केसीको पालामा धन्सार वनक्षेत्रमा ढलापडा संकलनको नाममा ठेकेदारले नियम विपरीत सालको गोलीया टुक्र्याएर दाउरा बनाउन लाग्दा बरामद गरिएको थियो ।

त्यसरी बरामद गरिएको करिब ४ हजार क्यूफिट बराबरको काठ कुहिएर गएको छ। उक्त काठको मुद्दा चलेपछि सशस्त्र वन रक्षकको कम्पाउन्डमा राखिएको थियो ।
मुद्दाको छिनोफानो नहुँदा खुला स्थानमा राखिएको काठ संरक्षण अभावमा कुहिन थालेको हो । यसैगरी बलरीको जंगलबाट एक सय वटा टायरगाडा सहित बरामद गरेको सालको गोलिया पनि कुहिएको छ ।

यता डिभिजन वनका निमित्त प्रमुख अमरदेव यादबले समयमै मुद्दाको छिनोफानो नहुँदा काठ लिलाम गर्न नसकिएको बताएका छन्  । उनले धेरै जसो काठहरू बेबारिसे फेला पर्ने तथा तस्कर फरार भएपछि मुद्दाको छिनोफानो गर्न गाह्रो भएको बताए।
सोहि कारण करौडाको काठ कुहीएको बताउदै उनले अब यसको लगत तयार गर्दै गरेको जानकारी दिए।

बरामद काठ र सवारीहरू समयमा बिक्री गरेको भए राज्यले करोडौं राजस्व पाउने वनकै कर्मचारीहरू बताउछन्।

वनको विकास फाटका अधिकृत मधु सिंहले वनले चोरी तस्करीबाट बरामद काठ र सवारी २ लाख रुपैयाँ भन्दा कम भएमा आफैले मुद्दा चलाउन सक्ने तर मुद्दाको फैसला संघअन्तर्गतका प्रमुखले गर्ने अधिकार रहेकाले जटिल भएको बताए ।
वनका कर्मचारी प्रदेशको मातहतमा गएका कारण मुद्दाको छिनोफानो हुन नसकेको उनले बताए।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु