Wednesday, January 22, 2025

फतुवा बिजयपुरमा भ्रष्टचार भएको भन्दै माओवादी पार्टीका नेता तथा कार्यकर्ता आन्दोलनमा

पछिल्लाे समाचार


रौतहट , २१ मंसिर //
फतुवा बिजयपुर नगरपालिकाका माओवादी पार्टीका नेता तथा कार्यकर्ता आन्दोलनमा उत्रिएका छन् ।

नगरपालिकाका शिक्षा क्षेत्रमा भैरहेको भ्रष्टाचारको बारेमा सोधपुछ गर्दा माओवादी पार्टीका नेता सुरेन्द्र यादवलाई प्रहरीले विना कारण ४ घन्टा थुनामा राखेको भन्दै पार्टीका नेता तथा कार्यकर्ता आन्दोलनमा उत्रिएका हुन् ।

सोमवार नगरपालिकाको कार्यालय अगाडि मेयर गोपाल यादव र फतुवा बिजयपुरका नगर शिक्षा संयोजक हरेन्द्र यादवको विरुद्धमा नाराबाजी भएको थियो ।
नगर शिक्षा संयोजक हरेन्द्र यादव र मेयर गोपाल यादवले राजिनामा दिनु पर्ने अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की केन्द्रीय सदस्य तथा रौतहट इन्चार्ज पुनम यादवले माग गरेकी छिन् ।
मेयर यादवले नगरपालिकामा आफ्ना नाता पर्नेलाई मात्र भर्ना गरेको र विभिन्न शिर्षकमा भ्रष्टाचार गरेकाले एक मिनेट पनि मेयरको कुर्सीमा बस्ने अधिकार नभएको यादवले बताइन् ।

नगर शिक्षा संयोजक यादवसँग शिक्षा सम्बन्धि विभिन्न शिर्षकमा आएको लाखौं रकमको बारे सोधपुछ गर्दा आर्थिक प्रलोभनमा परेर ईलाका प्रहरी कार्यालय बिजयपुरका प्रमुख ईन्स्पेक्टर बिष्णु बिश्वकर्माले आफू र भाई नवलकिशोर यादवलाई बिना कारण थुनेर बेइजती गरेको यादवको आरोप छ।

शिक्षा संयोजक हरेन्द्र यादवले गत वर्ष विद्यार्थीलाई भर्चुअल शिक्षा दिने नाममा नगरपालिकाबाट पेस्की लिएको २९ लाख रुपैयाँको हालसम्म फर्छौट गर्न नसकेको र बालिकाहरुलाई सेनेटरी प्याड वितरण गर्न गत आवमा झन्डै १७ लाख रुपैयाँ निकासा भए पनि हालसम्म कुनै बालिकालाई सेनिटरी प्याड वितरण नभएको र उक्त रकम नगर शिक्षा संयोजक, मेयर गोपाल यादव र एकजना पुर्व सांसदले भागबन्डा गरेकाले त्यसको छानबिन हुनुपर्ने यादवको माग छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु