रौतहट , २२ मंसिर //
प्रधानमंन्त्री कप प्रदेश स्तरिय टि ट्वान्टी महिला सिनियर छनाेट क्रिकेट प्रतियाेगिता अन्तर्गत मंगलबार भएको दुई वटा खेलमा बारा र सिरहा विजयी भएको छ ।
पहिलाे खेलमा बाराका राष्ट्रिय खेलाडी साना प्रविणकाे उत्कृष्ट प्रदर्शनले बाराले १० विकेटले जित हाँसिल गरेकाे छ।
त्यस्तै हिजो भएको पहिलो खेलमा सिराहाले महाेतरीलाई ५७ रनले पराजित गरेको छ।मंगलवार राजबिराज स्थित राजरंगशाला खेल मैदानमा पहिलाे खेलमा टस जितेर सिरहा ले निर्धारित २० ओभरमा ९ बिकेट गुमाएर १ सय १३ रन काे याेगफल खडा गरेका थियो।
जसमा सिरहा का संताेषी चाैधरी ले ३५ रन आरती चाैधरी ले २९ रन जाेडेका थिए। बलिँग तर्फ महाेतरी राेजी खत्री र गाेमा आले ३/३ बिकेट हात पारेका थिइन। खेल काे प्लेयर अफ दि म्याच संताेषी चाैधरी घाेषित भएकी छिन ।
यस्तै हिजै भएको दाेस्राे खेलमा टस जितेर सर्लाही ले २० ओभरमा ७ बिकेट गुमाई ८० रनकाे याेगफल खडा गरेको थियो । सर्लाहीको तर्फबाट आरती सिँहले ३६ रन बनाएकी थिइन ।
उनि बाहेक कुनै पनि खेलाडी ले दाेहाेर अंक पार गर्न सकेन ।बलिँगतर्फ बाराका साना प्रविण ले ४ अाेभरमा १ मेडन राख्दै ११ रन खर्चेर ३ बिकेट तथा प्रिंयका गुप्ता, प्रतिमा साह, बन्दना गुप्ताले १/१ बिकेट हात पारिन। फिल्डिङमा बाराका तर्फबाट मधु राउतले उत्कृष्ट क्याच समातेकी थिइन ।
राउतले समातेको तेस्रो क्याच निकै उत्कृष्ट रहेको थियो ।प्रतिउतरमा बाराले ८ ओभर १ बल खेल्दै कुनै पनि खेलाडी नगुमाई लक्ष्य हात पारेको थियो । कुनै विकेट नगुमाएर बाराले १० विकेटले जितेको हो ।