Sunday, January 26, 2025

तलब नदिएको भन्दै मलंगवाका शिक्षिकाहरु धर्नामा

पछिल्लाे समाचार


सर्लाही , ७ पुष //
सरकारले घोषणा गरे अनुसारको तलब नदिएको भन्दै सर्लाहीको मलंगवा नगरपालिकामा कार्यरत बालविकासका शिक्षिकाहरु धर्नामा बसेका छन्।
उनीहरुले नगरपालिकाको कार्यालयको मुख्यद्वार अगाडि धर्ना प्रदर्शन गरेका हुन् ।
सरकारले बजेट भाषणमा बालविकासका शिक्षकहरुकालागि १५ हजार मासिक तलब दिने भने पनि सो अनुसारको तलब नदिएको कारण बाध्य भइ आन्दोलनमा उत्रिनु परेको बालविकास संघर्ष समितिका अध्यक्ष अन्जना दासले बताइन् ।
७ हजार स्थानीय सरकारलाई दिनुपर्ने व्यवस्था गरिएको भएपनि नगरपालिकाले गत ५ महिनादेखि तलब नदिएको आन्दोलित शिक्षिकाहरुले गुनासो गरेकी छिन् ।

नगरपालिकालाई पटक–पटक तलबकोलागि ध्यानाकर्षण गराउंदा पनि कुनै सुनवाइ नभएपछि आफूहरु बाध्य भइ आन्दोलनमा उत्रिनु परेको संघर्ष समितिका कोषाध्यक्ष रंजु कर्णले बताएकि छिन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु