Friday, January 31, 2025

जनमत पार्टीले गरे प्रदेश २ को ६ जिल्लामा चक्काजामको घोषणा,रौतहटमा आंशिक प्रभाव

पछिल्लाे समाचार


रौतहट , १४ पुष //
जनमत पार्टीले आज (बुधबार) प्रदेश २ को ६ वटा जिल्लामा चक्काजामको घोषणा गरेको छ ।

सिके राउत नेतृत्वको जनमत पार्टीले किसानको समस्याप्रति सरकार गम्भीर नबनेको भन्दै रौतहट, सप्तरी, सिरहा, धनुषा, सर्लाही, बारामा चक्काजामको घोषणा गरेको हो ।

यस्तै मोरङ्ग, सुनसरी, महोत्तरी, पर्सा, नवलपरासी, रूपन्देही, बाँके र बर्दियामा र्‍यालीको कार्यक्रम रहेको पार्टीको सचिवालयले जानकारी दिएको छ ।
जिल्लागत रुपमा पार्टी आन्दोलन कमिटीले चक्काजामको घोषणा र उल्लघंन गर्नेलाई कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।
सचिवालयले कारबाहीको जिम्मेबार स्वयं हुनु पर्न समाजिक सञ्जाल मार्फत जानकारी गराएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु