Friday, January 24, 2025

जनता उच्च माध्यमिकका विद्यार्थीहरुद्धारा विरोध प्रदर्शन

पछिल्लाे समाचार


रौतहट , २८ मंसिर //
रौतहटको राजदेवी नगरपालिका–४ मा अवस्थित जनता उच्च माध्यमिकका विद्यार्थीहरुले ११ बुंदे माग पुरा गर्न प्रदर्शन गरेका छन् ।

विद्यालयले गैर ढगंले पैसा उठाएको भन्दै विद्यार्थीहरुले प्रदर्शन गरेका हुन्। विद्यालयले विभिन्न बहानामा विद्यार्थीहरुबाट शुल्क उठाउने गरेको अभिवावकहरुको गुनासो छ ।
अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी नियमावली २०७७ मा समेत सार्वजनिक विद्यालयले माध्यमिक तहसम्मको शिक्षामा कुनै पनि बहनामा शुल्क लिन मनाही गरिएको भएपनि राजदेवीमा रहेको जनता उच्च माध्यमीक विद्यालयले विद्यार्थीहरुबाट गैरकानूनी तरिकाले शुल्क उठाउदै आएको छ।

शिक्षा नामावलीको उल्लंघन गर्ने माथि कार्वाही हुनु पर्ने माग गर्दै आइतवार विद्यार्थी तथा अभिवावक मिलि विद्यालयमा तालाबन्दी गरेका थिए । शिक्षक आउने बाहिरबाट नै सादा कागजमा आफ्नो हाजरी बनाएर फर्किने गरेको विद्यार्थीहरुले बताएका छन् ।
बिद्यालय अझै तालाबन्दीमै छ । विद्यायलमा कहिले बाट कक्षा सञ्चालन हुने र तालाबन्दी कहिले खुल्ने भने अझै कुनै टुंगो लागेको छैन् ।
सो बिषयमा विद्यायलका प्रधानध्यापक प्रभात ठाकुर संग बुज्न खोज्दा कुनै प्रतिक्रिया दिएका छैनन्

विद्यार्थीहरुले गैर ढंगले उठाएको शुल्क फिर्ता हुनु पर्ने , कक्षा पुर्णरुपले दैनिक सञ्चालन हुनु पर्ने , प्रयोगशाला लगायत कक्षा कोठाको समेत उचित व्यवस्था हुनु पर्ने , विद्यालयमा स्वच्छ पिउने पानीको व्यवस्था हुनु पर्ने ,छात्र÷छात्रा को छुटै शौचालय सञ्चालन हुनु पर्ने ,विषयगत शिक्षकद्धारा पठनपाठन गराउनु पर्ने लगाएतका माग गरेका छन्।


यस्तै प्रधानाध्यपक, शिक्षक, शिक्षिकाको गैर जिम्मेवारी रवैया परिवर्तन गर्नु पर्ने ,समयमा कक्षा सञ्चालन हुनु पर्ने ,विद्यार्थीहरुलाई शारिरिक तथा मानिसक रुपले मनोबल उच्च गर्न खेलकुद मैदान तथा समाग्रीको व्यवस्था हुनु पर्ने ,विद्यार्थीलाई पौष्टिकयुक्त खाना÷खाजाको व्यवस्था हुनु पर्ने र हप्ताको एकदिन बादविवाद प्रतियोगित लगायत कलायुक्त कार्यक्रम गराउनु पर्ने माग राखेका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु