रौतहट , २९ मंसिर //
बजारमा पांच हजार पर्ने ईण्डेक्सन चुल्हो चन्द्रपुर नगरपालिकाले दुई हजारमा सर्बसाधारणलाई वितरण गरेको छ ।
नेपाल उर्जा विकास कम्पनी र चन्द्रपुर नगरपालिकाको सहकार्यमा सस्तोमा विद्युतीय चुल्हो वितरण भईरहेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र प्रधानले जानकारी दिएका छन् ।
उनले ग्यास लगाएतका बस्तु भन्दा विजुली सस्तो हुने भएका कारण सस्तोमा ईण्डेक्सन चुल्हो वितरण हुँदै आएको बताए ।
बजारमा पांच हजार पर्ने सो चुल्लो नगरपालिकाले दुई हजारमा दिएपछि आफुले खरिद गरेको चन्द्रपुरकी गृहणी निर्मला तामांगले बताइन।
बैकल्पीक उर्जा प्रवर्धन केन्द्रको तीन हजार अनुदानमा चन्द्रपुर नगरपालिकाले एक हजार थान चुल्हो ल्याएको प्रमुख प्रशासकिय अधिकृत प्रधानको भनाइ रहेको छ ।
उनले एक हजार थानमा अहिले जम्मा तीन सय थान बिक्रि वितरण भएको बताउदै सर्बसाधारणलाई यो मौकाको फाईदा उठाउन आग्रह गरेका छन्।