रौतहट ५ पुस । स्थानिय प्रशासन को अगुवाइमा बजार अनुगमन शुरु गरेपछि गरुडा का व्यापारीहरुले पसल बन्द गरेपछि अनुगमन प्रभावित बनेको छ ।
जिल्ला प्रशासन कार्यालय रौतहटको प्रशासकीय अधिकृत प्रलव कायस्थको टोलि सहितले गरुडा बजार अनुगमन शुरु गरेपछि व्यापारीहरुले सटरहरु बन्द गरेका थिए ।
व्यापारीहरुले गल्ती नगरेको भए अनुगमन टोली आउदा सटर किन बन्द गर्नु पर्यो प्रश्न उठेको छ ।
उपभोक्ताहरु ठगिने गरेको गुनासो बढेपछि स्थानिय प्रशासनले गरुडा बजारका पसलहरुको अनुगमन थालेको थियो ।