Friday, January 24, 2025

कांग्रेस सर्लाहीको विवाद झन बढ्दै ,जसरी भएपनि अधिवेशन प्रक्रिया अघि बढाउने तयारी

पछिल्लाे समाचार


सर्लाही , १९ मंसिर//
नेपालि कांग्रेस सर्लाहीको विवाद झन बढ्दै गएको छ ।

संस्थापन पक्षका जिल्ला सभापति नागेन्द्र कुमार राय र संस्थापन इतर पक्षका पूर्व जिल्ला सभापति लक्ष्मण राय पक्ष बीचको आ–आफ्नो अडानले गर्दा अहिलेसम्म भएका वार्ता निष्कर्ष विहिन भएको छ । कांग्रेसभित्रको विवाद मिलाई अधिवेशन गराउन दुई दिन जिल्लाका सुरक्षा प्रमुखहरुले समेत पहल गरेका थिए ।

जिल्ला प्रशासन कार्यालय मलंगवामा हिजो दिनभर भएको वार्तामा प्रदेश २ का प्रहरी प्रमुख डीआईजी उमेश रन्जितकार समेत सहभागी थिए । तर वार्ताले कुनै ठोस सहमती जुटाउन सकेन ।

निर्वाचन समिति र सुरक्षा प्रमुखहरुले नेताहरु सहमतीमा नआएपछि जसरी पनि धिवेशनप्रक्रिया अघि बढाउने तयारी गरेका छन् । त्यसका लागि अहिले सदरमुकाम मलंगवामा प्रमुख जिल्ला अधिकारी, सबै सुरक्षा निकायका प्रमुख, निर्वाचन अधिकृतसहितको छलफल भईरहेको छ।

अब विवाद भएका वडाहरुमा छानबिन अघि बढाउने र बाँकी रहेका अधिवेशनहरु निर्वाचन निर्देशिका बमोजिम अगाडि बढाउने तयारी भइरहेको एक सुरक्षा अधिकारीले बताए । अरु जिल्लाहरुमा अधिवेशन प्रक्रिया निकै अगाडि बढेपनि सर्लाहीमा भने सबै ठाउँहरुमा वडा अधिवेशन समेत हुन सकेको छैन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु