रौतहट , ६ मंसिर //
नेपाली कांग्रेसको मधेशी कोटाबाट सोमबार आएको मतपरिणामअनुसार केन्द्रीय सदस्य पदमा उद्योगपति विनोद चौधरी निर्वाचित भएका छन् ।
उनले २ हजार २ सय ६ मत हासिल गरेका छन् ।
यस्तै अजय चौरसिया २ हजार ५ सय २२ मत र चन्द्रमोहन यादवले २ हजार १ सय ३८ मत ल्याएर निर्वाचित भएका हुन् ।
महेन्द्रकुमार रायले १ हजार ९ सय ८४ र दिनेशकुमार यादव १ हजार ९ सय ५९ मतसहित केन्द्रीय सदस्य निर्वाचित भएका हुन् ।
निर्वाचितहरुमध्ये चार जना शेरबहादुर देउवा र चन्द्रमोहन शेखर कोइराला पक्षका मानिन्छन् ।
चन्द्रमोहन पूर्वराष्ट्रपति रामबरण यादवका छोरा हुन्।
कांग्रेसले १४ औं महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्यको मतगणना गरेपछि समावेशी समूहतर्फको मतगणना गरिरहेको छ।