Thursday, January 23, 2025

काँग्रेस सर्लाहीको क्षेत्रीय अधिवेशन सम्पन्न

पछिल्लाे समाचार


सर्लाही , २३ मंसिर //
विवादको कारण हुन नसकेको नेपाली काँग्रेस सर्लाहीको क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ ।

क्षेत्र नम्बर ४ को यसअघि नै घोषणा भइसकेको थियो भने क्षेत्र नम्बर १ र २ को घोषणा भएको छ । क्षेत्र नम्बर ३ को मतगणना कार्य जारी रहेको बताइएको छ ।

क्षेत्र नम्बर १ मा क्षेत्रीय सभापति हरि लुगेंली भएका छन् भने क्षेत्र नम्बर २ मा कौशल किशोर राय क्षेत्रीय सभापति भएको काँग्रेसका नेता राजकुमार महतोले बताएका छन् ।

उनका अनुसार दुवै क्षेत्रमा २५–२५ जना महाधिवेशन प्रतिनिधि चयन भएका छन् । त्यसमा देउवा गुटको संख्या बढी रहेको सर्लाहीका एक नेताले बताएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु