रौतहट , १ पुष //
रौतहटको कटहरियामा अस्पताल भवनको शिल्यानास गरिएको छ ।
कटहरियाका नगर प्रमुख सियाराम कुश्वाहाले हिन्दु परम्परा अनुसार विधिवतरुपमा १५ शैयाको अस्पताल भवनको शिल्यानास गरेका हुन्।
संघीय सरकारको १९ करोड रुपैयाँ लगानीमा भवन निर्माणका लागि कटहरिया नगरपालिकाले आह्वान गरेको टेण्डर घटाघट प्रक्रियामार्फत महालक्ष्मी धनन्जय चौधरी जेभीले ११ करोडमा सकार गरेको थियो ।
२ वर्ष भित्र कटहरियास्थित प्राथमिक स्वास्थ केन्द्रको हाताभित्र १५ शय्याको आधारभूत स्वास्थ केन्द्रको भवन निर्माण गर्नुपर्नेछ ।
निर्धारीत समयमै काम सम्पन्न गर्ने चौधरी निर्माण सेवाका निर्देशक उपेन्द्र प्रसाद चौधरीले प्रतिबद्धता जनाएका छन् ।
उनले भवन निर्माणपछि कटहरियाका जनता उपचारका लागि बाहिर जानुपर्ने झन्झटबाट मुक्त भएको बताए ।