Thursday, January 23, 2025

आज विवाह पञ्चमी मनाइँदै

पछिल्लाे समाचार


जनकपुरधाम , २२ मंसिर //
प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमी तिथि अर्थात आजकै दिन मनाइने विवाह पञ्चमी पर्व श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रूपमा विवाह गरिदिएर देशभर मनाइँदैछ ।
आजकै दिन त्रेतायुगमा भगवान रामको सीतासंग विवाह भएको थियो ।

त्यसकै सम्झनामा जनकपुरमा सीता- रामको प्रतिकात्मक विवाह गरिन्छ । आज जनकपुरस्थित जानकी मन्दिरमा सीता-राम स्वयम्वर र विवाह समारोह आयोजना गरिएको छ।

त्रेता युगमा अयोध्याका राजकुमार राम र मिथिलाका राजा जनककी छोरी सीता (जानकी) को बिहे भएको सम्झनामा विवाह पञ्चमी महोत्सव मनाउने चलन छ।
जनकपुरमा साप्ताहिक रुपमा विवाह पञ्चमी मनाइन्छ ।

महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न हुन्छ ।
पौराणिक मान्यताअनुरूप राम मन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखी जनकपुरको रंगभूमिमा पुर्‍याइन्छ ।

त्यस्तै, जानकी मन्दिरबाट सीतालाई विशेष सुसज्जित डोलामा राखी रंगभूमिमा लगिन्छ । रङ्गभूमिमा स्वयंवरविधि, परीक्षणको वैवाहिक विधि सम्पन्न भएपछि सीता ,रामलाई जानकी मन्दिरमा ल्याइन्छ ।

त्यसपछि मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न हुन्छ । विवाह महोत्सवमा बाजागाजासहित झाँकी प्रस्तुत हुने तथा जन्ति र डोला हेरिने परम्परा छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु