धनुषा , ४ मङ्सिर //
धनुषामा ३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक जना साधुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको धनुषाधाम नगरपालिका–६ घर भई ३र४ दिनदेखि सोही मन्दिरमा बस्दै आएका ७५ वर्षीय साधु शिबजी राम रहेका छन्।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–३ को इच्छापुरस्थित एक मन्दिरमा शुक्रबार बिहान खेल्न गएकी एक बालिकालाई साधुले बलात्कार गरेको उजुरीको आधारमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ ।
७५ वर्षीय रामले बालिकालाई मन्दिर प्राङ्गणमा कुनामा लगेर जबर्जस्ती करणी गरेको पीडितको परिवारले शुक्रबार इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा किटानी जाहेरी दिएको प्रहरी निरिक्षक तिलक सुनारले बताएका छन्।
उजुरीका आधारमा रामलाई प्रहरीले पक्राउ गरेर जबर्जस्ती करणीसम्बन्धी कसुरमा मुद्दा चलाएको जनाइएको छ ।उनलाई प्रहरीको नियन्त्रणमा राखिएको र पीडित बालिकाको परिवारको निगरानीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।