Monday, January 27, 2025

१५ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

पछिल्लाे समाचार


पर्सा ,१० मङ्सिर //
१५ वर्षीय बालिकालाई विभिन्न प्रलोभन देखाई जबरजस्ती करणी गरेको अभियोगमा पर्सा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर १ पिडारीगुठी बस्ने २१ वर्षीय अब्दुल कादिर अन्सारी रहेका छन् ।
बालिकालाई विवाह गर्ने, शहर लगी घुमाई दिने, सिनेमा देखाउने तथा कपडा खरिद गर्ने प्रलोभन देखाएर विभिन्न स्थान तथा खेतमा लगेर पटक पटक जबरजस्ती करणी गरेको तथा गर्भवती बनाएको अभियोगमा अन्सारी पक्राउ परेका हुन्।
बालिकाका अभिभावकले दिएको जाहेरीअनुसार अन्सारीले २०७८ जेठ १० गतेदेखि असोज ६ गतेसम्म पटक पटक करणी गरेको उल्लेख छ ।
पक्राउ परेका अन्सारीविरुद्ध जबरजस्ती करणी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान भइरहेको पर्साका प्रहरी प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिएका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु