सर्लाही , २ मङ्सिर //
सर्लाहीको हरिपूर्वा नगरपालिका ५ स्थित राकेश्वर गीब जनता माध्यमिक विद्यालय दुई विद्यार्थी समूहबीच झडप हुँदा दुई जना विद्यार्थी घाइते भएका छन् ।बुधबार विद्यालयबाट भ्रमण जाने विषयमा दुई विद्यार्थी समूहबीच झडप भहेको हो।
विद्यालयमा शिक्षा निमावली बिपरीत व्यवस्थापन समिति चयन भएदेखी अनैतिक तथा अमानवीय क्रियाकलापहरु बढेको भन्दै स्थानीय बासिन्दाले तीन सुत्रिय माग गरेका छन् ।
झडप विषयमा छानविन समिति गठन गरी दोषीलाई कारबाही हुनुपर्ने, शिक्षा नियमावली बिपरीत चयन भएको विद्यालय व्यवस्थापन समितिका पदआधिकारीलाई पदमुक्त गरी कारवाही हुनुपर्ने र दुईदिनदेखि विद्यालय हाताभित्र भइरहेको कुटपिटमा घाइते भएका विधार्थीहरूलाई उपचारको राम्रो व्यवस्था हुनुपर्ने स्थानीयको माग रहेको छ।