रौतहट, २९ कात्तिक //
रौतहटको देवाही गोनाहीमा दुई बालकहरुको मृत्यु भएको छ ।
मृत्यु हुनेमा देवाही गोनाही नगरपालिका ५ टिकुलियाका सन्जय मुखियाका ५ वर्षिय छोरा आकाश मुखिया र ४ वर्षका विकास मुखियाको विष सेवनको कारण उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
ती बालकहरुलाई सुरुमा उपचारका लागि गरुडा लगिएको थियो तर स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि वीरगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
दुवै बालकहरुलाई रिसिवीका कारण गाउँकै स्थानियले विष खुवाई हत्या गरेको परिवारजनको आरोप रहेको छ ।
घटना शंकास्पद रहेकाले यस बिषयमा गम्भीर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख बिनोद घिमिरेले बताएका छ ।