Friday, January 24, 2025

रेल संचालनको लागि फेरी अध्यादेश ल्याउने सरकारको तयारी

पछिल्लाे समाचार


जनकपुरधाम , २८ कार्तिक //

सरकारले फेरि जनकपुर- जयनगर सञ्चालनका लागि रेल्वे अध्यादेश ल्याउने तयारी गरेको छ

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अध्यादेशका लागि मस्यौदा तयार गरेर कानुन मन्त्रालयका रायका लागि पठाएको हो ।

रेल चलाउनका लागि कानुन अपरिहार्य भएकाले अध्यादेश ल्याउन लागिएको मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले
बताएका छन् ।
सचिव श्रेष्ठका अनुसार अब यसअघि जारी भएको अध्यादेशमा केही पक्ष मात्रै परिवर्तन गरेर मस्यौदा तयार गरिएको छ । सरकारले आवश्यक तयारी पुरा नगर्दा रेल ल्याएपनि सञ्चालनमा आउन सकेको छैन ।

सरकारले २०७८ वैशाख २२ मा पनि रेल्वे अध्यादेश जारी गरेको थियो । तर, संसद अधिवेशन शुरु भएको ६० दिनभित्र पास नभएकाले अध्यादेश निष्क्रिय भएको थियो ।
नेपाल सरकारले सञ्चालनको लागि भारतबाट ल्याएको रेल कानुन अभावमा धनुषाको इनरुवामा एक वर्षदेखि थन्किएको छ

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु