Friday, January 24, 2025

महिला हिंसा विरुद्ध १६ दिने अभियान चलिरहँदा दुई बालिका बलात्कृत भएको घटना सार्वजनिक

पछिल्लाे समाचार


पर्सा , १४ मङ्सिर //
महिला हिंसा विरुद्ध १६ दिने अभियान चलिरहेको समयमा दुई बालिका बलात्कृत भएको घटना सार्वजनिक भएको छ ।
पर्साको वीरगञ्ज महानगरपालिकामा १७ वर्षीया युवती र जिराभवानी गाउँपालिकाकी १४ वर्षीया बालिका बलात्कृत भएको घटना सार्वजनिक भएको हो ।

पर्साका प्रहरी प्रवक्ता ओमप्रकाश खनालका अनुसार जबरजस्ती करणी आरोपमा दुई जनालाई हिरासतमा लिइएको छ ।
१७ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा वीरगञ्ज ७ रामटोल बस्ने २१ वर्षीय बिक्रम पटेल कुर्मी र १४ वर्षीया बालिकालाई करणी गरेको आरोपमा जिराभवानी गाउँपालिका वडा नम्बर २ बस्ने २० वर्षीय प्रभु साहलाई पक्राउ गरिएको उनले बताएका छन्।
हिरासतमा रहेका दुवै आरोपीमाथि घटनाबारे आवश्यक अनुसन्धान जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु