Thursday, January 23, 2025

बलेरीको झुलुङ्गे पुल जिर्ण ,पक्कि पुल बनाउन स्थानीयको माग

पछिल्लाे समाचार


रौतहट , २ मङ्सिर //
जिल्लाको बृन्दावन नगरपालिका र चन्द्रपुर नगरपालिकाको बीचमा रहेको चाँदी खालाको झुलुङ्गे पुल जिर्ण बन्दै गएको छ।
बृन्दावनको बलेरी र चन्द्रपुरको श्रीनगरको बीच रहेको चाँदी खोलाको झुलुङ्गे पुल जिर्ण बन्दै गएको हो ।

दैनिक हजारौं मानिस आहोर दोहोर गर्ने उक्त झुलुङ्गे पुल जिर्ण बनेपछि आवतजावतमा समस्या हुने गरेको स्थानिय वासिन्दाहरुले बताएका छन् ।
झुलुङ्गे पुलको उकोलो रहेको बीच भागमै प्वाल भएपछि सवारी साधनबाट आवतजावतमा समस्या भएको तथा दुर्घटनाको खतरा समेत बढेको स्थानियहरुले भनाइ रहेको छ।
धेरै उकालो ओराला भएका कारण झुलुङ्गे पुल बाट ओहार दोहर गर्ने हजारौं मानिस घाईते भइसकेको स्थानियको जनाएका छन्।
पुल जिर्ण अवस्थामा पुग्दा समेत सो क्षेत्रका जनप्रतिनिधिले चासो नदेखाएको स्थानियको गुनासो रहेको छ ।

स्थानियका अनुसार बृन्दावन नगरपालिका वडा नं–१ का वडाअध्यक्षदेखि नगरप्रमुख सम्म लाई पटक पटक पुल मर्मत गर्न भन्दापनि कुनै वास्था नगरेको बताएका छन् ।
झुलुङ्गे पुलको ठाउमा अब पक्की पुल बनाउपु पर्ने उनीहरुले माग गरेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु