निजगढ, ०८ मंशिर । निजगढ नगरपालिकामा भुमिहिन तथा अव्यवस्थित जग्गाको नापजाच कार्य शुरु भएकोछ । बुधबार भरतगन्ज सिङ्गौल बाट भुमिहिन दलित,सुकुम्बासी र अव्यवस्थित जग्गाहरुको नापजाँच गर्ने कार्यको शुरुवात गरिएकोहो । जग्गा नापजाच कार्यक्रमलाई सम्बोधन गर्नुहुदै मेयर सुरेश कुमार खनालले वर्षौदेखी समस्याको रुपमा स्थापित भएर बसेको सुकुम्बासी समस्या र अव्यवस्थित जग्गाको नापजाच शुरु भएसङ्गै सुकुम्बासी समस्या समाधानतर्फ उन्मुख हुने जनाउनुभयो । मेयर खनालले वर्षौदेखि भोगचलन गर्दै आएको जग्गाको जग्गा धनी पुर्जा नहुनु,भएका जग्गा धनी पुर्जाले पनि वैधानिकता नपाएर जग्गा जोतभोग गरिरहेकाहरुले आवश्यक क्रियाकलाप गर्न नपाउने खाल्को प्रवृत्तीको अन्त्य हुने जनाउनुभयो । निजगढ नगरपालिकाले डिजिटल प्रविधी मार्फत अव्यवस्थित जग्गाहरुको नापजाँच गरिरहेको बताउनुहुदै खनालले सहज ढङ्गबाट जग्गा व्यवस्थापन गर्न सकिने बताउनुभयो । भुमी सम्बन्धी समस्या समाधान आयोग गठन हुनुभन्दा अघि देखि नै आफुले नगर भित्रको अव्यवस्थित जग्गा र सुकुम्बासी समस्या समाधानकोलागी पहल गरेको बताउनुहुदै मेयर खनालले सो प्रयाश सफलता उन्मुख रहेको भन्दै खुशी व्यक्त गर्नुभयो । बुधबार वडा नम्बर १,२ र ३ भरतगन्ज सिङ्गौलबाट शुरु भएको जग्गा नापजाच कार्य क्रमशः अन्य वडाहरुमा पनि गर्दै लगिने जनाईएकोछ । शुरुवातमा भरतगन्ज सिङ्गौल,लाल,रतनपुर क्षेत्रमा अव्यवस्थित जग्गालाई व्यवस्थापन गर्न कार्य सन्चालन भईरहेको जनाउनुहुदै मेयर खनालले निजगढ क्षेत्रमा पनि छिट्टै नापजाच कार्य संचालन हुने बताउनुभयो । उद्घाटन कार्यक्रममा मेयर खनाल सहित उपप्रमुख लिलादेवी लामिछाने खनाल,प्रमुख प्रशाशकिय अधिकृत सुमन कुमार कार्की,वडा नम्बर १ का वडा अध्यक्ष मङ्गल लोप्चन,वडा नम्बर २ का वडा अध्यक्ष केशव ढोडारी,वडा नम्बर ३ का वडा अध्यक्ष जितबहादुर लामा,वडा नम्बर ७ का वडा अध्यक्ष रामजिप्रसाद बजगाई,वडा नम्बर १० का वडा अध्यक्ष पदम बहादुर मोक्तान अगायत कार्यपालिका सदस्य,वडा सदस्य,स्थानिय राजनितिक दलका प्रतिनिधिहरुको सहभागिता रहेकोथियो ।