पर्सा , ५ मङ्सिर //
पर्सामा धान झार्ने थ्रेसरले च्यापेर एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको जगरनाथपुर गाउँपालिका वडा नम्बर ६ माधवपुर बस्ने भुटेश्वर साहको ८ वर्षीय छोरा ओमबाबु साह रहेका छन्।
शनिबार राति साढे ८ बजेको समयमा ना ६ त ५०४५ नं.को ट्याक्टरमा थ्रेसर जडान गरी धान झार्न लैजाँने क्रममा थ्रेसर पल्टिएर ओमबाबुलाई किचेर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।
घाइते बालकलाई उपचारको लागि तराई अस्पतालमा ल्याइएपनि उपचारको क्रममा राति साढे ९ बजेतिर मृत्यु भएको पर्साका प्रहरी प्रवक्ता ओम प्रकाश खनालले जानकारी दिएका छन् ।
थ्रेसर र ट्याकटर नियन्त्रणमा लिएको र फरार भएको ट्याक्टर चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।