मुकेश कुमार साह,रौतहट ११ मंसिर । नेकपा माओवादी केन्द्र चन्द्रपुर् नगर कमिटिको सम्मेलनले टिका आचार्यको अध्यक्षतामा ६५ सदस्यीय कार्य समिति चयन गरेको छ । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज युवराज भट्टराई (समिर) को प्रमूख आथित्यतामा भएको भेलाले आचार्यको अध्यक्षतामा ६५ सदस्यीय चयन गरेको हो । गौतम होटलमा भएको सम्मेलनमा उपाध्यक्षमा राम बहादुर घलान,सहदेव केसी र चेत बोलखे चयन भएका छन्।
यस्तै कोषाध्यक्षमा मिना कुमारी जर्घा, सचिवमा सरोज बच्छार र सहसचिवमा बिगु पासवान सहित ६५ जनाको कार्यसमिति चयन गरेको हो ।
उद्घाटन समारोहमा बोल्दै प्रमूख अतिथी युवराज भट्टराईले व्यवस्था बदलिए पनि जनताको जिवन स्तर नवदलिएका कारण माओवादी केन्द्र जनताको जिवनस्तर बदल्न लागि पर्नु पर्नेमा जोड दिनु भयो । नेकपा माओवादी केन्द्रका आचार्यको सभाध्यक्षतामा भएको उद्घाटन समारोह पछि शनिवार नै भएको बन्दसत्रमा सर्वसम्मत समिति चयन भएको हो ।
ने.क.पा. माओवादी केन्द्रका चन्द्रपुर कमिटीका अध्यक्ष टिका आचार्यले सर्वसहमतबाट नगर कमिटी बन्नु एकताको सन्देश भएको बताउनु भएको छ । पार्टीको चन्द्रपुर कमिटीमा सर्वसम्त चुनिनु भएका आचार्यले नगर भेलाले सर्वसम्मत नगर कमिटी बनाएर एक भई अगाडी बढ्न म्यान्डेट दिएकाले सोही अनुसार अगाडी बढ्ने बताउनु भयो । चन्द्रपुरमा राजनितीक गतिबीधीलाई सक्रियताका साथ अगाडी बढाउन लागि पर्ने र पार्टीका सवै जनवर्गिय संगठनहरुलाई चुस्त र सक्रिय बनाई जनतामाझ राजनितिक गतिबिधी बढाउने पनि बताउनु भयो ।