महोत्तरी , ४ मङ्सिर //
महोत्तरीमा घुर ताप्ने क्रममा आगोमा जलेर सिकिस्त भएका एक वृद्धाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा महोत्तरी गाउँपालिका वडा नं. २ अनैठाकी ६५ वर्षीया मरनी देवी रहेकी छिन।
गत कात्तिक २६ गते आफ्नै घरमा घुर ताप्ने क्रममा उनले लगाएको साडीमा आगो लागेको थियो । त्यही आगो सल्केर उनको शरीर समेत जल्दा उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको थियो ।
उपचारकै क्रममा उनको बिहीबार राति मृत्यु भएको महोत्तरी प्रहरी प्रबक्ता प्रकाश बिष्टले जानकारी दिएका छन् ।
मृतकको शव पोष्टमार्टम गराई आफन्तलाई बुझाइसकेको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ ।