रौतहट , ४ मङ्सिर //
नेपाली काङ्ग्रेसको १४ औ नगर अधिवेशन बाट इशनाथ नगर कार्यसमितिको सभापति पदमा शिव प्रसाद सिन्हा सर्वसम्मत मनोनित भएका छन् ।
समितिको उप सभापतिमा बुनिलाल प्र कुशवाहार ,शेष फजिलेहक,सचिवमा शेष मन्सुर,सह सचिवमा शेष अनवर चयन भएका छन् ।
नव निर्वाचित सभापती सिन्हाले काग्रेसको बिधान को मर्म लाई आत्मसात गर्दै इशनाथ नगरको आम जनताको सेवामा कृयाशिल रहने बताएका छन ।
सो कार्यक्रमा करीव सयौं काग्रेसका नेता कार्यकर्ताको सहभागीता रहेको थियो ।