सर्लाही ११, मङ्सिर/
सर्लाहीमा शुक्रबार १६२ जना किशोरीहरुलाई स्वास्थ्य स्वच्छता किट वितरण गरिएको छ ।
ईश्वरपुर नगरपालिका–७, स्थित बर्थिङ सेन्टरमा सोही वडाका वडाध्यक्ष सुरत सिंहको अध्यक्षता तथा नगरपालिकाको शिक्षा शाखाका प्रमुख हरि दाहालको प्रमुख आतिथ्यतामा किशोरीहरुलाई स्वास्थ्य स्वच्छता किट वितरण गरिएको छ ।
ग्रामीण नारी उत्थान संघ हरिपुरले सेभ द चिड्रेनको सहयोगमा सञ्चालन गरिरहेको लैगिंकताका आधारमा हुने भेद्भाव अन्त्य कार्यक्रम परियोजना अन्तर्गत ईश्वरपुर नगरपालिका भित्रका १६२ जना किशोरीहरुलाई स्वास्थ्य स्वच्छता किट वितरण गरिएको हो ।
उक्त किटमा एउटा झोलासहित सेनटरी प्याड, सेम्फु, सरफ, साबुन लगायतका सरसफाईका १६ किसिमका सरसामग्री रहेका उक्त परियोजनाका अधिकृत चन्द्रशेखर सहनीले जानकारी दिएका छन् ।
कार्यक्रममा नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक सुगेन्द्र महतो, ग्रामीण नारी उत्थान संघका उपाध्यक्ष विष्णु प्रसाद चालिसे, सचिव सूर्य प्रसाद चालिसे लगायतको उपस्थिति रहेको थियो ।