सर्लाही , २ मङ्सिर //
सर्लाहीमा नेपाली कांग्रेसको अधिवेशनका लागि खटेका निर्वाचन अधिकृतमाथि हातपात गरेका छन् । बिहिबार निर्वाचन अधिकृत दिवाकरराज पाण्डे माथि कांग्रेसकै एक समूहले हातपात गरेका हुन् ।
जिल्लामा अधिवेशनका लागि मतदान अधिकृतहरू खटाउने विषयमा कुराकानी भइरहेका समय निर्वाचन अधिकृतमाथि हातपात भएको हो ।
क्रियाशील सदस्यताको विषयमा सर्लाहीको बलरामा वडा अधिवेशन रोक्न माग गरिएको थियो तर निर्वाचन अधिकृत पाण्डेले अस्वीकार गर्दा उनीमाथि हातपात भएको बताइएको छ ।
सर्लाहीमा आज वडा तहको अधिवेशन हुँदैछ।
गत २७ कात्तिकमा तय वडा अधिवेशन विवादका कारण स्थगित गरिएको थियो। मलंगवास्थित पार्टी कार्यालयमा छलफलका क्रममा अधिकृतमाथि हातपात भएको जनाइएको छ।