सर्लाही , २८ कात्तिक //
सर्लाहीको एक व्यापारीमाथि लुटपाट भएको छ।
पूर्व–पश्चिम राजमार्गस्थित बागमती नगरपालिका–११, पुतली चौकमा रहेको नर्सिङ सुनचाँदी पसलका संचालक ललन कुमार साहमाथि लुटपाट भएको हो।
शनिबार साँझ ६ बजेको समयमा पसल बन्द गरेर बागमती नगरपालिका–१२ स्थित घरतर्फ फर्किदै गर्दा बागमती नहर नजिकै मोटरसाइकल चढेर आएका तीन जना अज्ञात व्यक्तिले साहमाथि लुटपाट गरेका हुन्।
आफू, भाई र गाउँकै एक जना युवकसँगै पसल बन्द गरेर घर फर्किनेक्रममा मोटरसाइकल चढेर आएका मानिसले पेस्तोल देखाई आफ्नो साथबाट २० हजार नगद, दुई तोला सुन, ५ सय ग्राम चाँदी र एक थान मोवाइल सेट लुटेर लगेको पीडित साहले बताएका छन्।
लुटपाटको घटनामा संलग्नहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।