सिरहा , ५ मङ्सिर //
लागुऔषध ब्राउन सुगरसहित सिरहाबाट दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको नरहा गाउँपालिका वडा नं. ३ का २१ वर्षीय इन्दल कुमार यादव र २० वर्षीय कपिल महरा रहेका छन्।
गएराती सिरहाको नरहा गाउँपालिका वडा नं. ३ डण्डाटोल जाने बाटोमा इलाका प्रहरी कार्यालय गोलबजारबाट खटेको प्रहरी टोलीले चेक जाँचको क्रममा ४ ग्राम ५५० मिलिग्राम ब्राउअन सुगर, नाइट्रोभेट ट्याब्लेट दुई वटा बरामद गरेको सिरहाका प्रहरी प्रवक्ता सुभास बुढाथोकीले जानकारी दिएका छन् ।
बुढाथोकीका अनुसार पक्राउ परेका दुबै जनालाई ईलाका प्रहरी कार्यालय गोलबजारमा राखी थप अनुसन्धान भईरहेको छ।