रौतहट, ३० कार्तिक //
रौतहटबाट अवैध साल जात को चिरान काठ बरामद गरिएको छ।
जिल्लाको बृन्दाबन नगरपालिका वडा नम्वर ६ हर्साहा चिरान मिलबाट सो काठ बरामद गरिएको हो।
चन्द्र्निगाहपुर सब डिभिजन र रङगपुर साझेदारी बन कार्यालयबाट खटेको संयुक्त टोलिले सो मिलमा छापा मार्दा काठ बरामद भएको रङगपुर साझेदारी बन समितिले जनाएको छ। जनाएको छ।
बरामद काठ आवश्यक कारवाहीको लागि डिविजन बन कार्यालय चन्द्रनिगाहपुरमा पठाएको रङगपुर साझेदारी बन कार्यालयले जानकारी दिएका छन्।