Thursday, January 23, 2025

राहतका लागि खरिद गरेको सयौ किलो आलु परोहा नपामा कुहिएपछि फ्याकियो

पछिल्लाे समाचार

रौतहट २ मंसिर / परोहा नपा ९ रामपुरखाप टोल मा बितरण गर्न ल्याएको करीव १५ सय किलो आलु कुहिएको छ ।
बिपन्न परिवार तथा गर्भवती र सुत्केरीहरु लाई बितरण गर्न ल्याएको सयौ किलो आलु कुहिए पछि फ्याकिएको छ ।
डव्लु एचओ को सहयोगमा फर्वाड नेपाल ले परोहा नपा सग समन्वय गरि खाध्यान्न सहयोग गर्नका लागि आलु खरिद गरेको थियो ।
दशै अगाडि नै खाध्यान्न सामाग्री ल्याइएको भएपनि वितरण गर्न नसक्दा आलु कुहिएपछि फ्याकिएको स्थानिय सामाजीक अगुवा पवन पटेलले जनाएका छन ।
वडा अध्यक्ष ,फर्वाड नेपाल का कर्मचारी लाई वास्तविक व्यक्ति छनौट गरि खाध्यान्न सहयोग गर्न आग्रह गरेपनि आफ्ना पक्षका , नजिक मान्छे लाई छनौट गरि बितरण गर्न खोजेपछि विवाद भएको पटेलले बताए ।
सो वडामा ७ सय व्यक्ति लाई बितरण गर्न ल्याइएको सामाग्रीहरु मध्ये तीन सय भन्दा बढी ले पाएका छैनन । ५ किलो का दरले बितरण गर्न ल्याएको करीव १५ सय किलो आलु कुहिएपछि फ्याकिएको हो ।
परोहा नपा का बिपन्न परिवार , गर्भवती तथा सुत्केरी महिलालाइ बितरण गर्न डव्लुएचओ को सहयोगमा फर्वाड नेपालले परियोजना संचालन गर्दै आएको थियो ।
प्रति व्यक्तिहरु लाई चामल ३० किलो , आलु ५ किलाे,नुन २ प्याकेट,चिनि २ किलो ,दाल २ किलो ,सावन, सरफ,बाल्टिन, मग,सेनिटाइटर ,माक्स,सेनिटरी प्याड,काइयो, नेलकट बितरण गर्न सामान ल्याइएको थियो ।
फर्वाड नेपाल का परोहा नगरपालिका का परियोजना संयोजक दिप नारायण ठाकुरले उक्त वडामा बितरण गर्ने सममा बिवाद भएकाले आलु कुहिए पछि फ्याकेको बताए ।
बितरण गर्ने समय केही समस्या भएकोले बिवाद भएको तथा बिचमा चाडपर्व परेकाले बितरण मा ढिलाइ हुदा आलु कुहिएको बाकि समान छलफल गरेर बितरण गर्ने परोहा नपाका मेयर शेष वकिल को भनाइ छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु