Thursday, January 23, 2025

महिला शसक्तीकरणको लागी तिन दिवसीय तालिम सुरु

पछिल्लाे समाचार

मुकेश कुमार साह, रौतहट ८ मंसिर । रौतहटको चन्द्रपुरमा महिला अधिकार जिम्मेवारी र वकालत बिषयमा तिन दिवसीय तालिम सुरु भएको छ । महिला सुरक्षा दवाव समुहको आयोजना तथा टेवाको आर्थिक सहयोगमा तिन दिवसिय तालिम सुरु भएको हो । कार्यक्रमको प्रमुख अतिथि चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानले पानसमा बती बालेरउद्घाटन गरेका थिए ।
कार्यक्रममा बोल्दै उनले महिलाहरु आफ्नो हक-हितका लागी अगाडी आउनु पर्ने बताए ।
महिला हिँसा कसरी रोक्ने, आफ्नो अधिकार कसरी सुनिश्चित गर्ने तथा हिंसाको बिरुद्द कसरि अगाडी बढ्ने लगायतको विषय तालिमले सिकाउनेमा आफु बिश्वस्त रहेको बताए।
महिला सशक्तिकरणको लागी नगरपालिका सधै सकारात्मक रहेको बताउदै आफ्नो तर्फ-बाट यस्ता कार्यक्रमको लागी सहयोग गर्न सधै तयार रहने समेत उनले प्रस्ट पारे ।

यसैगरी कार्यक्रमका सभाध्यक्ष देवकी नेपालले महिलालाई हेर्ने दृष्टिकोण निर्माणमा पनि समाज र पितृसत्तावादी सोचको हाबी रहेको बताईन । पुरुष भनेका लडाकु, जित्नैपर्ने, रवाफ रहने हिजोको बुझाइ भएपनी वर्तमान परिवेश फरक भईसकेको उनले जनाईन । उनले भनिन “पुरुष भन्नेबित्तिकै सबै खराब पनि भन्न सक्दैनौँ । अब महिला अलिकति पुरुषजस्तो हुनुपर्ने र पुरुषहरू अलिकति महिलाजस्तो हुनुपर्ने देखिन्छ ,सन्तुलनका लागि त्यो आवश्यक छ”। केही कुरा प्रकृतिले नै महिला पुरुषको फरकपन गरिदिएकोले त्यसविरुद्धमा मानिस जान नसक्ने उहाँको भनाई रहेको थियो । उनले भनिन-´पुरुष सबै कठोर छन् भन्ने होइन तर समाजले पुरुषलाई बलियो बनाइदिएको छ यसलाई सन्तुलन कायम गर्नुपर्छ । `महिला हिंसा अन्त्य महिलाको भूमिकाले मात्र सम्भव नभएर त्यसमा पुरुषको सहभागिता पनि चाहिने उनको भनाई छ । मिडियाले सकारात्मक भूमिका खेल्दा महिला नेतृत्वमा पनि आउँने र आर्थिक सशक्तीकरण पनि हुने उनले बताईन ।
यस्तै विशिष्ट अतिथि सामाजिक विकास समिति संयोजक सरस्वति खुलालले महिला हिंसाका घटना जनचेतनाको अभाव ले नै हुने गरेको बताएकि छिन । महिला हिंसासम्बन्धी चेतनामूलक जानकारी तल्लो तहसम्म पु¥याउनुपर्ने उनको तर्क छ । यसबारे घरपरिवारबाट सिकाएर मात्र नभई शिक्षाका लागि पाठ्यक्रममा व्यवस्था गर्नुपर्ने उनको माग छ । मानिसले जीवनमा सकारात्मक सोच राखे मात्र अगाडी बढ्न सक्ने उनले बताईन । कार्यक्रमको सराहना गर्दै यस्ता कार्यक्रममा बालबालिकाको पनि सहभागिता हुने पर्नेमा उनए जोड दिईन ।

संस्थाकि अध्यक्ष देवकी नेपालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा विशिष्ट अतिथि सामाजिक विकास समिति संयोजक सरस्वति खुलाल,अतिथिहरु इन्सेक प्रतिनिधि कोपिला तिमल्सिना ,गैर सरकारी संघका प्रतिनिधि निर्मला सुवेधी ,व्लु डाइमण्ड का प्रतिनिधि राधिका भट्टराई तथा सन्चारकर्मिहरुको सहभागिता रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु