Friday, January 24, 2025

भन्सार छलेर ल्याएको करिव ३ लाख मूल्य बराबरको समानसहित दुई जना पक्राउ

पछिल्लाे समाचार


सर्लाही , ७ मङ्सिर //
सर्लाही प्रहरीले भन्सार छलेर ल्याएको करिव ३ लाख मूल्य बराबरको समानसहित सीमा नाकाबाट दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा ब्रम्हपुरी १ का २५ वर्षीय बिमल कुमार राय र मलंगवा ११ बस्ने मनी कुमार यादव रहेका छन्।

गएराती करिव साँडे ८ बजेको समयमा लालबन्दी नगरपालीका ५ स्थित मेजरगञ्जबाट मोटरसाईकलमा बिभिन्न किसिमका कपडा लोड गरी नेपालतर्फ भित्र्याउँदै गरेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बरामद कपडाको मूल्य २ लाख ९५ हजार ४०० रुपैँया बराबर रहेको छ।
बरामद सामाग्री आवश्यक कारवाहीको लागि भन्सार कार्यालय मलंगवामा बुझाईएको प्रहरीले जानाकरी दिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु