महोत्तरी ,१३ मङ्सिर //
महोत्तरीको सम्सी गाउंपालिका–७ मा भन्सार छलेर भारतबाट नेपाल तर्फ ल्याएको १ लाख बढीको किरानाको सामानहरु प्रहरीले नियन्त्रणमा लिएको छ ।
गएराति जिल्ला प्रहरी कार्यालय महोत्तरी र सम्सी प्रहरी चौकीबाट खटेको संयुक्त टोलीले स्थानीय बिलास साहको घरमा लुकाइ राखेको अवस्थामा १ लाख १७ हजार ५ सयको किरानाको सामानहरु नियन्त्रणमा लिएको हो ।
३१ बोरा चीनी, प्लाष्टिकको प्लेट ,मिठाइमा प्रयोग गरिने रंग लगायतको सामग्री नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी बीआर ०६ एबी १७६९ र बीआर ३० यु २२४६ नम्बरको दुइ वटा मोटरसाइकल समेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
प्रहरीका अनुसार सामान ल्याउने व्यक्ति फरार भएको छ। नियन्त्रणमा लिइएका समानहरु जिल्ला भन्सार कार्यालय मलिवाडामा बुझाइएको प्रहरीले जनाएको छ ।