Friday, January 24, 2025

बाल-विवाहको अवस्था र हाम्रो दायित्व सम्बन्धि एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

पछिल्लाे समाचार


मुकेश कुमार साह,रौतहट ७ मंसिर । रौतहट जिल्लामा बाल-विवाहको अवस्था र हाम्रो दायित्व सम्बन्धि एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । साथ-साथ सिकाई संजाल रौतहटको आयोजनाको गौतम होटलको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमका प्रमुख अतिथि चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानले पानसमा बती बालेर कार्यक्रको उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा मन्तव्य राख्दै प्रधानले रौतहटमा बाल विवाह दिनानुदिन बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्दै कानुनी रुपमा संयन्त्र तयार पारी न्यूनीकरण तर्फ लाग्नुपर्ने बताएका थिए ।
यसका साथै उहाले बाल विवाह सामाजिक रुपमा अपराध भएको भन्दै अभिभावकहरु मुख्य रुपमा आफनो घरमा भूमिका खेल्नुपर्ने, अभिभावक जानकार र सचेत हुनुपर्ने, उमेर नपुगेको बाल विवाह नगराउने, जस्ता कार्य गर्न सकिने कुरा बताउनु भएको थियो ।

यस्तै कार्यक्रमका बिशिस्ट अतिथि इलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक अरबिन्द साहले प्रहरी प्रशासनमा बालविवाहका उजुरी न्यून मात्रामा आउने गरेको र आए पनि दुवै पक्षबाट मुद्धा हाल्ने विषयबाट जोगिन खोजेको बताउनु भयो ।

उहाँले जिल्लामा सबै सरोकारवालाहरुविच समन्वय र सहकार्य गरेर अन्तरक्रियामा राखिएका एजेण्डाहरुलाई कार्यान्वयन गर्नु पर्नेमा जोड समेत दिनु भयो । यस्तै कार्यक्रममा को-क्यापका प्रदेश २ सचिव महिला अधिकारकर्मी देवकी नेपालले सबै निकायहरु आ आफनो स्थानबाट लाग्नुपर्ने आजको आवश्यक्ता रहेको भन्दै मुख्य कुरा शिक्षित र प्रशिक्षित गराउनुपर्ने कुरामा जोड दिनु भएको थियो ।

कार्यक्रममा कोक्याप का प्रदेश २ फोकल पर्सन तालिम तथा पहुँच अभिवृद अधिकृत अम्बिका पौडेलले बाल विवाह भनेको के हो ? रौतहत्म बालविवाह र नेपालको अवस्था, बाल विवाह सम्बन्धी कानुनी प्रावधानहरु, बालविवाहका कारणहरु, बालविवाहका असरहरु, बाल विवाहले असर पार्ने क्षेत्र, बालविवाहका चुनौतीहरुका बारेमा जानकारी गराएका थिए । बालविवाह धार्मीक, सामाजिक, साँस्कृतिक, परम्परा अनुसार अभिभावकले विवाह गरेको, गरिबी, खाद्य, असुरक्षा, उचित मार्गदर्शनको अभाव, घरेलु हिंसा र दुव्र्यवहार, पारिवारीक अखण्डता जस्ता कुराले बालविवाह बढ्दै गएको विषयमा जानकारी दिईएको थियो। साथ-साथ सिकाई संजाल रौतहटका अध्यक्ष कमल ढकाल घिमिरेको सभाध्यक्षमा सम्पन्न कार्यक्रमको संचालन इन्सेक रौतहटका संयोजक कोपिला तिमल्सिनाले गर्नु भएको थियो । कार्यक्रममा सामाजिक अगुवा, महिला अधिकारकर्मी र संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु